काठमाडौं - समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर  समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा हुटिङ गरेका थिए । उनीहरूले मोर्चा घोषणाको कार्यक्रमलाई ‘ऐतिहासिक घोषणा सभा’ भनेका छन्। 

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गरेका हुन्।

मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।