प्रदेश २ मा एकीकृत समाजवादीबाट दुईजना मन्त्री बन्दै
खबर एक्सप्रेस
२०७८-०८-०३ ०३:०९ मा प्रकाशित
Total Shares: 274
काठमाडौं - नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय पाउने भएपछि नेकपा एस सरकारमा जाने भएको हो।
यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागिता अन्योल बनिरहेको थियो। मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव ९सिरहा० लाई मन्त्री बनाउने निर्णय गरेको छ।
महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको स्रोतको भनाई छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस