काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-२४ ०६:११ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - काठमाडौं उपत्यकामा ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार काठमाडौँका २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष गरी ४ जनामा र भक्तपुर कमलविनायककी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा आजमात्रै ३२३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ जना पुगेको छ । जसमा १३ जनाको मृत्यु भएको छ भने ३६५ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस