एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।

आइतबार राति सेभियाकै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ६४ औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लिएको थियो ।

बाँकी समयमा दुवै टिमबाट थप गोल हुन नसक्दा खेल रियलले १-० ले जित्यो । जितसँगै रियलले ५ खेलबाट ११ अंक बटुलदै लिगको दोस्रो स्थानमा छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा एथ्लेटिको बिलबाओले अलभेसलाई २(० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट बिलबाओले ११ अंक बनाएको छ ।