इंग्लिस प्रिमियर लिग: लिभरपुलको अपराजित यात्रा कायमै
एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा लिभरपुललाई अग्रता दिलाउन खेलको १४ औ मिनेटमा अलेक्जेण्डर अर्नोल्डले फ्रिकिक गोल गरे । त्यस्तै खेलको ३० औ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफसम्म लिभरपुलले २-०को अग्रता लिएको थियो ।
तर दोस्रो हाफमा खेलको ७१ औ मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोली चेल्सीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल जित्यो ।
जितसँगै लिभरपुल ६ खेलबाट १८ अंक जोड्दै शिर्ष स्थानमा यथावत् रहेको छ । चेल्सी ८ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस