देउवालाई भोट दिन हेलिकप्टर चढेर काठमाडौं फर्किए गगन
खबर एक्सप्रेस
२०७८-०४-०३ ०४:१६ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन् ।
दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थापा देउवाले एक्कासी विश्वासको मत लिने निर्णय गरेपछि हतारहतार काठमाडौं फर्किएका हुन् ।
पहिरोले सडक अवरूद्ध भएपछि उनी दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेको स्रोतले बतायो । उनी दुई दिन अघि पोखरा गएका थिए ।
फेसबुक पेज Like गर्नुहोस