'मास्क लुकाउनेलाई जरिवाना मात्र होइन, जेल हाल्नुस्'
काठमाडौं - सांसद दिव्यमणि राजभण्डारीले नोबेल कोरोना भाइरसबारे सरकारले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले आपत्ताी जनाए ।
उनले भने “चाईनाको राजदुतलाई फिर्ता बोलाउने रु के गर्न खोजेको हो रु ” उनले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधी लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधीमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे ।
उनले भने, “मास्क लुकाउने, औषधी लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुहोस् । भएका मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ।”

.gif)




फेसबुक पेज Like गर्नुहोस