कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै
खबर एक्सप्रेस
२०८१-०२-२१ ०८:४४ मा प्रकाशित
Total Shares: 83
विराटनगर - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस