केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव : १५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं
खबर एक्सप्रेस
२०८०-११-०३ ०४:११ मा प्रकाशित
Total Shares: 120
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् ।बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरेका छन् ।२०८२ को असोजमसान्तभित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्तभित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस