काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले जित पारेको छ । गएराति भएको खेलमा रियलले गेटाफेलाई २-० ले पराजित गर्न सफल भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियललाई २-०को जित दिलाए ।

जितसँगै रियल २२ खेलमा ४६ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित गेटाफे २४ अंकसहित १३ औं स्थानमा छ ।