सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत
खबर एक्सप्रेस
२०८१-१२-०५ ०५:४१ मा प्रकाशित
Total Shares: 86
काठमाडौं - सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधि सभा बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस