काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।

अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।