काठमाडौं - विश्व बैंकले नेपाललाई ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालमा सडक पूर्वाधार विकासका लागि उक्त ऋण रकम बैंकले स्वीकृत गरेको हो ।

कोरोना महामारीपछिको अवस्थामा व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च गरिने छ ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।

विश्व बैंकबाट प्राप्त ऋणबाट विशेषगरी नागढुंगा-नौविसे-मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला-ढल्केबर-पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुनेछ।