रेणुको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिने छोरीको जीवन बीमा, खानेपानी निःशुल्क
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै मेयर दाहाललेले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क जीवन बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।
त्यस्तै, उनले सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस