सभामुखलाई एमालेको प्रश्न: हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?
खबर एक्सप्रेस
२०७८-०५-२३ ०४:१९ मा प्रकाशित
Total Shares: 257
काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए ।
प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन् ।
फेसबुक पेज Like गर्नुहोस