काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने तय भएको हो । 

वैशाख १३ गते बस्ने भनिएको बैठक पीसीआर परीक्षणका कारण स्थगित भएको थियो । तर, एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा कोरोना नदेखिएपछि बैठक बस्ने तयारी गरिएको हो । 

आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।