काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा  १ हजार ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ७५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ८३ पुगेको छ । आज कोरोनाबाट थप ८ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ६ हजार २९० रहेको छ ।