काठमाडौं - अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिटको संवैधानिक इजलासमा फेरि पेसी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गरिएको रिटको पेसी आजका लागि तोकिएको हो।