चितवन - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरसहित ५० हजार मत कटाएका छन् । 

पछिल्लो अपडेट अनुसार उनले ५० हजार २९ मत ल्याएका छन् । 

यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।