काठमाडौं - हाल देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो भने कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

यस्तै मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने बागमतीमा हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

यस्तै पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना गण्डकी र कर्णालीमा हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । यस्तै पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

यसैगरी महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।