लिभरपुललाई एभर्टनको चुनौती
खबर एक्सप्रेस
२०७७-०७-०१ ०१:२५ मा प्रकाशित
Total Shares: 293
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछ ।
पहिलो खेल साविक विजेता लिभरपुल र शिर्षस्थानमा रहेको एभर्टनबीच हुँदैछ । खेल नेपाली समयानुसार गुड्डीसन पार्क रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा एभर्टनले बलियो टिम लिभरपुललाई चुनौती दिन लागेको हो । जारी लिगमा एभर्टनले खेलेको चार खेलमा सबैमा विजयी भएको छ । आज उच्च मनोबलका साथ एभर्टन लिभरपुलविरुद्ध मैदानमा उत्रिन लागेको हो ।
लिभरपुलले आजको खेल ठुलो अन्तरले जितेमा गोल संख्याको आधारमा शिर्षस्थानमा उक्लने छ । आज नै हुने अन्यमा खेलमा चेल्सी र साउथह्याप्पटन, म्यानेचेष्टर सिटी र आर्सनल, न्यु क्यासल र म्यानेचेष्टर युनाईटड खेल्दैछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस