थपिए २४२८ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-०९ ०५:१४ मा प्रकाशित
Total Shares: 1156
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।
गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ।
आज थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस