काठमाडौं उपत्यकामा भोलीदेखि के खुल्छ, के खुल्दैन ?
काठमाडौं - भोलिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै यो निर्णय गरेको हो ।
बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । साथै, उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ ।
यस्तै, भिडभाड हुने क्षेत्र विद्यालय, पार्टीप्यालेसलगायतका क्षेत्र नखुल्ने भएको छ । विवाह तथा ब्रतवन्ध गर्दा १५ जना भेला हुन पाइने निरौलाले बताए ।
फेसबुक पेज Like गर्नुहोस