काठमाडौै - दूर सञ्चार क्षेत्रको नियमक निकाय नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमलाई सेवा प्रवाहमा अब्बल रहन निर्देशन दिनु भएको छ । 

नेपाल टेलिकमको १७ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले यस्तो निर्देशन दिनुभएको हो । 

ठूलो संख्यामा गाउँमा बिक्री भएको टेलिकमको सिम क्रियाशिल नभए पनि टेलिकमले आफ्नो दायित्व पूरा गरेकोमा धन्यवाद दिदै अध्यक्ष खनालले नेपाल टेलिकममा विज्ञ कर्मचारी भएको र सक्षम जनशक्ति भएको कारण प्राधिकरणले टेलिकमलाई ठूला ठूला पूर्वाधार निर्माणका आयोजनाहरु सुम्पेको बताउनुभयो  ।