काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार ८५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।