काठमाडौं - कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको हो। 

जिल्ला सुरक्षा समितिको निर्णयानुसार कपिलवस्तुको महाराजगंज नगरपालिकाका विभिन्न स्थानमा भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ। 

नगरपालिकाको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगंज चोक, महाराजगंज बजार र दक्षिणमा हर्दौना क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

null