एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
खबर एक्सप्रेस
२०७९-०८-१८ ०८:२६ मा प्रकाशित
Total Shares: 225
काठमाडौं - नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएको हो ।
घटनास्थलमा नेपाली सेनालाई पठाइएको भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले जानकारी दिइन् ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । उनी मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस