घट्यो दैनिक कोरोना संक्रमणदर: १ हजार ७१४ जनामा संक्रमण, ११ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-२३ ०४:३७ मा प्रकाशित
Total Shares: 507
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४४२ जनाको पीसीआर परीक्षण गर्दा ११८३ जना र २८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जना गरी १३८६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ८७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८१४ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस