काठमाडौं,एजेन्सी - साउथ सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पाः द राइज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । साउथका भाषासँगै हिन्दीमा पनि रिलिज गरिएको फिल्मले राम्रो कलेक्शन गरेको छ । 

फिल्मले सबैभर्जनमा गरेर पाँच दिनमा नै २०० करोडभन्दा बढीको कमाई गरेको थियो । 

यो वल्र्डवाइड कलेक्सन भएको मिडिया रिपोर्टमा उल्लेख छ । सुकुमारको निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनको अपोजिटमा रश्मिका मन्डना रहेकी छन् भने फहाद फासिल पनि प्रमुख भूमिकामा छन् ।