एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै
खबर एक्सप्रेस
२०८०-१०-२४ १०:२१ मा प्रकाशित
Total Shares: 119
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ।
अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको ओलीको सचिवलायले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस