भोलि शिवरात्री, काठमाडौंका यी सवारी रुटहरु बन्द हुने
काठमाडौं - शिवरात्री पर्वका अवसरमा पूजा गर्न बिहीबार देशविदेशबाट लाखौं भक्तजन आउने हुँदा पशुपति मन्दिर आसपास क्षेत्रका सवारी रुट प्रभावित हुने भएको छ ।
त्यसैलाई मध्यनजर गर्दै यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गरेर भोलि पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी आवागमन निधेष गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
महाशाखाका अनुसार चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ । त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ गाडी चलाउन निषेध गरिएको छ भने मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिएको छ ।
वैकल्पिक मार्गका रुपमा तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएकोछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस