काठमाडौं - १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ ।

गएराति एमए चिदम्बरम स्टेडियम चेन्नईमा भएको आईपीएलको उद्घाटन खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्न सफल भयो । 

बैंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्सले २७ बलमा सर्वाधिक ४८ रन जोडे । यस्तै, ग्लेन म्याक्सवेल ३९, कप्तान विराट कोहली ३३ र वासिङटन सुन्दरले १० रनको योगदान गरे । बलिङमा मुम्बईका लागि ए । मुम्बईका जस्प्रित बुमराह र मार्को जानसेनले समा २/२ विकेट लिए भने क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टको नामममा १/१ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै, सुर्यकुमार यादव ३१, इसान किशन २८, कप्तान रोहित शर्मा १९ र हार्दिक पाण्डेयले १३ रन जोड्नबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङमा बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ५ विकेट लिए । यस्तै, काईल जामिसन र वासिन्टन सुन्दरको नाममा १/१ विकेट रह्यो ।