विद्या भण्डारीको पक्षमा लाग्दा युवा संघ लुम्बिनीका अध्यक्ष निलम्बित
बुटवल - राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि संगठनबाट निलम्बन गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुला अभिव्यक्ति दिएका खरेललाई संघले गैरजिम्मेवार, अराजक र संगठनविरोधी गतिविधि गरेको आरोपसहित कारबाही गरेको हो ।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले संघको विधानअनुसार खरेललाई पदमुक्त गर्दै संगठनबाट एक वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका तथा एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने तर्क राख्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संघको विधान २०४७ को धारा ४१ र ४२ (क) र (ख) अनुसार पदमुक्त गर्दै संगठनबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
महासचिव रमेश चौलागाईद्वारा जारी पत्रअनुसार खरेलले पार्टी र संगठनविरुद्ध अशोभनीय व्यवहार गरेको, केन्द्रको निर्देशन उल्लंघन गर्दै सचिवालय बैठक राखेको, र अराजक गतिविधिमा संलग्न भएको आरोप छ।
संघको १०औं महाधिवेशनका क्रममा खरेलमाथि अध्यक्षमण्डलका सदस्यहरूप्रति अभद्र व्यवहार, प्रतिनिधिहरूलाई धम्की दिने र पार्टी नेतृत्वलाई सामाजिक सञ्जालमार्फत लाञ्छना लगाउने जस्ता गम्भीर आरोप लगाइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस