अछाममा अस्पतालबाट निकालिएका कर्मचारीले आफ्नै शरिरमा लगाए आगो
खबर एक्सप्रेस
२०७७-०२-२६ ०३:०० मा प्रकाशित
Total Shares: 399
अछाम - अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।
अस्पतालले सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आहुजी साँफेबगर नगरपालिका-६ भागेश्वर बासिन्दा हुन् ।
गम्भीर घाइते भएका आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर, पछि उपचार हेलिकप्टरमार्फत कोहलपुर लगेको अस्पताल स्रोतले बताएको छ ।
बयलपाटा अस्पतालले दाताहरुबाट रकम कटौती हुँदै आएपछि कर्मचारी पाल्न नसक्ने भन्दै ३२ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिएको छ। त्यसको चौतर्फी विरोध भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस