विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ। बुधबार बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण कार्यक्रम अपराह्न ५ बजे हुने गरि सरेको हो।

दलहरुको बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि शपथग्रहण सारिएको बताइएको छ। शपथग्रहण गरेसँगै उनले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन्।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए । उनी संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।