प्रचण्ड नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्छ : केपी ओली
खबर एक्सप्रेस
२०८०-१०-१४ ०३:५७ मा प्रकाशित
Total Shares: 108
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जुनसुकै बेला उथलपुथल हुनसक्ने बताएका छन् ।
एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार धोकाबाट बनेको भएकाले कोशीमा झैँ जुनसुकै बेलामा उथलपुथल हुनसक्ने दाबी गरे।
अध्यक्ष ओलीले कोशीमा कम मत भएपनि एमाले जित्न सफल भएको बताए । प्रचण्ड नेतृत्वको सरकारले सहिद थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए ।
अध्यक्ष ओलीले राजावादीहरूको आन्दोलनलाई केटाकेटीको खेलको संज्ञा दिँदै अब फर्किने सम्भावना रहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस