बार्यनलाई शीर्षस्थानमा १० अंकको अग्रता
खबर एक्सप्रेस
२०७७-१०-२४ ११:०७ मा प्रकाशित
Total Shares: 311
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले झिनो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले हर्था बर्लिनमाथि १–० को जित दर्ता गरेको हो ।
खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । त्यसपछि बायर्नको जितमा किन्सले कोम्यानले एकमात्र निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै बायर्नले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । २० खेलबाट बायर्नले ४८ अंक जोडेको छ । दोस्रो स्थानको आरबी लाइप्जिग ३८ अंक छ । पराजित बर्लिन १७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस