ऋषि कट्टेलको नेकपाले पायो आधिकारिकता, ओली-प्रचण्डको खारेज
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवादको मुद्धा ऋषि कट्टेलले जितेका छन् ।
आइतबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको हो ।
सर्वोच्चको फैसलासँगै केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
नेपाल कम्युनिस्ट पाटी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुँधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सम्पन्न भइसकेको छ । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस