सुनसरीमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-०९ ०९:३० मा प्रकाशित
Total Shares: 278
काठमाडौं, सुनसरी - सुनसरीमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका– ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लागी मृत्यु भएको हो ।
बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस