लिभरपुल साउथह्याम्पटनसँग पराजित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।
घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा ड्यानी इंग्सले गरेको एक मात्र गोल नै साउथह्याम्पटनको लागि पर्याप्त बन्यो । उनले जेम्स वार्ड प्रोउजको पासमा गोल गरेका थिए । लिभरपुलले त्यसपछि लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन ।
जितसँगै साउथह्याम्पटन २९ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । तर, यो हारसँगै लिभरपुल भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडसँग अंक दूरी बढाउने मौकाबाट वञ्चित बन्यो । १७ खेलबाट ३३ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको युनाइटेड पनि समान अंकसहित दोस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस