सर्वोच्चको न्यायाधीशमा सिफारिस चुँडाल र सुवेदीको नाम अनुमोदन
खबर एक्सप्रेस
२०७८-०१-०३ ०५:२३ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडाल र नहुकल सुवेदीको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।
यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।
न्याय परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीश रहेका चुँडाल र नहकुल सुवेदीको नाम गत फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस