काठमाडौं - यस वर्ष मङ्गलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन् ।

यही मङ्सिर २ गते पनि भाइटीका (किजापूजा)का लागि सरकारले सार्वजनिक बिदा दिएको छ । बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ ।

कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो ।