सानिमा जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न
काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भएकाे सभा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
साधारण सभाले कम्पनीका अध्यक्ष खेमराज अधिकारी प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष ०७६-७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सर्वसम्पत रुपमा सभाले पारित गरेको छ ।
यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकमा प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ सभाबाट निर्विरोध निर्वाचित भएका छन ।
फेसबुक पेज Like गर्नुहोस