नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो
खबर एक्सप्रेस
२०७७-०७-१३ ०४:३३ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २४ हजार ८ सय ६२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस