आंशिक बदलीसहित केहि स्थानमा हिमपातको सम्भावना
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु-आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस