‘कमेडी च्याम्पियन’काे सिजन-२ सुरु
खबर एक्सप्रेस
२०७७-०९-०२ १२:३९ मा प्रकाशित
Total Shares: 576
काठमाडौं - नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो ।
डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन् ।
१८० बाट २४ जना छनोट हुने र फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुनेछ । कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ भने ओएरआर डिजिटलबाट प्रत्यक्ष लाइभ हुने छ ।
विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । निर्णायकमा सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । ‘कमेडी च्याम्पियन’ सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस