परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
खबर एक्सप्रेस
२०८१-१२-०४ ०७:१४ मा प्रकाशित
Total Shares: 60
काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि मन्त्री राणा नयाँ दिल्लीमा छिन् ।
भेटमा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस