दोलखा भीमसेनलाई पसिना आयो, अनिष्टको खतरा !
काठमाडौं,चरिकोट - दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो दुईपटक पसिना आएपछि घुइँचो लागेको थियो ।
पहिलोपटक एक घन्टा भन्दा बढी पसिना आएको र पछि दोहोर्याएर पनि पसिना आएको स्थानीयले जानकारी दिए । मन्दिरमा पसिना आएपछि जिल्ला प्रशासन कार्यालय दोलखाका अधिकारी, सुरक्षा अधिकारीहरु मन्दिर पुगेका थिए । उनीहरुले पनि मन्दिरको दर्शन गरेका थिए ।
कोरोना भाइरसको कारण मन्दिर बन्द छ । तर, पसिना आएपछि पूजारीले खबर गरेका थिए । शिलाको पसिना पुछ्न प्रयोग भएको कपास लिनेको घुइँचो लागेको थियो ।
दोलखा भीमसेनलाई पसिना आएपछि देशमा अनिष्ट हुने विश्वास गरिन्छ । अनिष्ट हुन नदिन क्षमता पूजा गर्ने चलन छ । विगतमा राजाले क्षमा पूजा गर्ने प्रचलन रहेकोमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिद्वारा क्षमा पूजाको प्रचलन छ ।
पछिल्लोपटक दोलखा भीमसेनलाई २०७४ सालमा दुईपटक पसिना आएको थियो । १९९०, २००७, २०२८ र २०७० सालमा दोलखा भीमसेनलाई पसिना आएको बताइन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस