आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड
खबर एक्सप्रेस
२०८०-०४-०८ १०:४१ मा प्रकाशित
Total Shares: 107
काठमाडौं - इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा आज बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।
दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज हुनेछ । उनले आज पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस