काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्ता पक्ष र प्रतिपक्षबीच बोलचाल नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विगतमा सहमति र संवादका लागि थुप्रै पहल भए पनि अहिले सत्ता पक्ष र प्रतिपक्षबीच संवादको अभावले समस्या झन् जटिल बन्दै गएको बताए ।